सुर्खेत। जाजरकोटको जुनिचाँदे गाउँपालिकाले ३ लाख ८० हजार खर्च गरी मन्दिर निर्माण गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत जुनिचाँदेले वडा नं. २ गानटाकुरमा मन्दिर निर्माण गरेको हो।
स्थानीय ८ महिला र २ पुरुष सहित १० जनाले प्रधानमन्त्री कार्यक्रमबाट मन्दिर निर्माण गरिएको वडाअध्यक्ष राम बहादुर नेपालीले बताए।
वडाअध्यक्ष नेपालीका अनुसार मन्दिर निर्माणसँगै, पर्खाल र फिल्ड निर्माण समेत गरिएको छ।
तर, उक्त मन्दिर निर्माणका विषयमा आलोचना भैरहेको छ। करिब ४ लाख खर्च गरेको मन्दिरमा गुणस्तरीय नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो।
धेरै आयोजना भएकोले स्थलगत अनुगमन समय प्राप्त नभएकोले प्राविधिकहरुको फिल्ड रिर्पोटका आधारमा भुक्तानी आदेश दिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश खत्रीले बताए।
रोजगारदाताको खातामा हाजिरी अनुसार एकजना बराबर प्रती दिन ५७० रुपैयाँ पाउने गरी रकम भुक्तानी दिएको खत्रीले बताए।