काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नेछ।
सत्ता गठबन्धनको बुधबारै बसेको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ। गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्नेछ।