काठमाण्डौ। अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ। राहदानी विभागको ‘नेपाल ईपासपोर्ट’ नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने भएकाे हाे।
राहादानी विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ।
राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ।
यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आईओएसका लागि एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ।