काठमाडाैं। पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका छन्।
बुधबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै दासानायकेले पदबाट राजीनामा दिएका हुन्।
अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन्।
टोलीको खराब नतिजाको कारण पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्।
५२ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए।