कर्णाली। छाउपडी प्रथामाथि देउडा गीत सार्वजनिक भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथासँग सम्बन्धित गीत रहेकाे छ।
आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘लिलु’ बोलको गीत सार्वजनिक गरिएको थियाे। गीतमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मीप्रसाद शर्मा, भद्रजंग कुँवर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपति कुँवरको अभिनय छ।
एलपी शर्मा र गौरव गिरीको शब्द रहेको गीतमा पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर छ भने संगीत रोहित देउवाले भरेका छन्। एचबिएन किस्मतले एरेञ्ज गरेको गीतलाई वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन्।
बसन्त कुँवरले छायांकन गरेको म्युजिक भिडिओलाई बालेन्द्र कुँवरले सम्पादन गरेका छन्। म्युजिक भिडिओको निर्देशन गौरव गिरीले नै गरेका हुन्।
‘सुदूरपश्चिमका जिल्लाहरूमा अझै पनि छाउपडी प्रथा देखिएकै कारण गीतमार्फत भए पनि सन्देश प्रवाह गर्ने उद्देश्यले लिलु बनाएका हौं,’ निर्देशक गिरीले भने।
https://youtu.be/tvC0ROW-Tig