दैलेख । दैलेखकाे महाबु गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नाे घाेषणा पत्र सार्वजनिक गरेकाे छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आफ्ना प्रतिवद्धतासहितकाे घाेषणा पत्र सार्वजनिक गरेकाे हाे ।
समुन्नत महाबु गाउँपालिका निर्माणका लागि नेपाली कांग्रेसले परिकल्पना र प्रस्ताव गरेको मार्गचित्र अनुरुप स्थानीय सकारले अबको पाँच वर्षमा क्षेत्रगत नीति, योजना र कार्यक्रमहरु अगाडी बढाउने प्रतिवद्धता जनाएको छ ।
कांग्रेसले नागरिकको ज्ञान, सीप र क्षमता वृद्धि गर्न गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सृजनशीलतालाई उत्प्रेरित गर्ने पूर्वाधारको निर्माण संवैधानिक र नैतिक दायित्व पूरा गर्नुका साथै आगामी पाँच वर्षमा सामाजिक पूर्वाधारको क्षेत्रमा उत्पादनशील र अधिकतम रोजगारी सृजना गर्ने भौतिक पूर्वाधारको निर्माणमा उल्लेखनीय प्रगति गर्ने लक्ष्य सहितको प्रतिवद्धता जनाएको छ ।
महाबु गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्ष पदमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा मन्जु शर्मा पाण्डे उम्मेदवार छन् ।
सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने सहमति भएपनि त्यसका विपरित कांग्रेस एकलै चुनावी प्रतिस्पर्धामा होमिएको हो ।
हेर्नुहोस् घोषणापत्रको पूर्ण पाठ :
[pdf id=1753]