सुर्खेत । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई स्थानीय तहकाे अध्यक्ष र एक स्थानीय तहकाे उपाध्यक्षमा एकल उम्मेदवारी परेकाे छ ।
जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको प्रतिनिधि सभा सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङको एकल उम्मेदवारी परेको हो।
२०७४ मा काइके गाउँपालिकाका अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।