सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्फ्यू आज साँझ सात बजेदेखि हटाइने भएकाे छ । एमसीसी विरुद्ध सोमबार नेपाल बन्दको क्रममा अराजक समूहले आगजनी र भौतिक क्षती गरेपछि जिल्ला प्रशासन कार्याय सुर्खेतले कर्फ्यु जारी गरेकाे थियाे ।
जारी कर्फ्यू सात बेदेखि हटेपनि वीरेन्द्रनगरमा निषेधाज्ञा क्षेत्र ताेकिएकाे जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएकाे छ ।
‘कर्फ्यू अवधिभर अप्रिय घटना नभएको देखिँदा सोमबार राती सवा ८ बजेबाट जारी कर्फ्यु ७ बजेबाट हटाएर निषेधाज्ञा ताेकिएकाे छ ।’ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘वीरेन्द्रनगरका यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्रलाइ निषेधाज्ञा क्षेत्र रहेका छन् ।’
प्रजिअ रिजालका अनुसार यी क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेअर्काे सूचना जारी नहुन्जेलसम्मका लागि निधेषाज्ञा लागु हुने छ ।
जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको थियो ।
सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा, मंगलगढी र यरिचौकमा रहेका प्रहरी विटमा आगजनी गरेका थिए ।