कालीकोट। कालिकोटको सुनथराली विमानस्थलमा विमानकाे उडान परिक्षण गरिएकाे छ। आइतबार तारा एयरको जहाजले नेपालगञ्जबाट प्राविधिक टोलीसहित ९ जना यात्रु बोकेको विमान परिक्षण गराइएकाे हाे।
क्याप्टेन पिएस नगरकोटीले रन वे ३२ बाट अवतरण गराएका थिए भने रन वे १४ बाट उडान भरेका थिए ।
विमानस्थलको फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओैपचारिक रुपमा उद्घाटन गर्ने जनाइएकाे छ ।
झन्डै ३८ वर्ष देखि निर्माण सुरु गरिएकाे थियाे। २०७९ साल माघ ११ गते विमानस्थल निर्माण कार्य सम्पन्न भएको थियो ।
हवाई विभागबाट आर्थिक वर्ष २०७३/०७४ को पहिलो चरणको अर्ध रन वे सम्पन्न भइ २०७३ साल माघ २९ गते तारा एयर ट्वीनअटर विमानबाट परिक्षण उडान गरिएको थियो ।