लुम्बिनी। गाडीको ठक्करबाट बाँकेको नेपालगञ्जमा दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
आइतबार राती सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन।
घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए।