सुर्खेत । कर्णाली प्रदेश सरकारले भुकम्प प्रभावित स्थानीय तहहरुमा रकम विनियोजन गरी पठाएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार दुई करोड ४५ लाख रुपैँया वित्तीय हस्तान्तरणको रुपमा प्रभावित क्षेत्रका स्थानीय तहहरुलाई विनियोजन गरिएको हो ।
जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशे गाउँपालिकामा २० लाख, छेडागाड नगरपालिकामा १० लाख, शिवालय गाउँपालिकामा पाँच लाख र जुनिचाँदे गाउँपालिकामा १० लाख रुपैँया विनियोजन गरिएको छ ।
यसैगरी, रुकुमपश्चिमको आठवीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकालाई २५/२५ लाख, चौरजहारी नगरपालिकामा २० लाख, मुसिकोट नगरपालिकामा पाँच लाख, त्रिवेणी गाउँपालिकामा २० लाख र बाँफीकोट गाउँपालिकामा पाँच लाख विनियोजन गरिएको छ ।
साथै, सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख, बागचौरु नगरपालिका र बनगाड कुपिन्डे नगरपालिकालाई पाँच/पाँच लाख रुपैँया विनियोजन गरिएको छ ।
उक्त रकम राहात सामाग्री खरिद तथा वितरण र उद्दार प्रयोजनमा खर्च गर्न पाइने भएको छ ।