सुर्खेत । भुकम्पका कारण घाइते भई प्रदेश अस्पताल सुर्खेतमा उपचाररत २१ जना डिस्चार्ज भएका छन् । जाजरकोट र रुकुम पश्चिमबाट ३८ जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याइएको थियो ।
अस्पतालका प्रवक्ता डा. विकास केसीका अनुसार उपचारमा रहेका मध्ये एक जनालाई न्यूरो आईसीयुको भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था सुधारोन्मुख रहेको छ ।
उनका अनुसार अर्थोपेडिकमा १३ जना, सर्जरीमा २ जना र मनोरोगमा विभाग १ जनाको उपचार भईरहेको छ ।