सुर्खेत । गएराती आएको भुकम्पका कारण मृत्यु हुनेको संख्या १२८ पुगेको छ । हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको संया १२८ पुगेको हो ।
जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।
भूकम्पका कारण जाजरकोटमा भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।
घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।
यस्तै, रुकुम पश्चिममा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यू पुष्टी भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।
रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका छन् । यहाँ घाइतेसंख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरु भइरहेको छ ।