सुर्खेत। रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा १४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराईले १४ जनाको मृत्यू भएको पुष्टि गरेका हुन् । ‘मानविय क्षति भएको हो,’ उनले भने,‘ घाइतेहरुको उद्धार गर्ने, अस्पताल पु¥याउने काम भइरहेको छ ।’
शुक्रबार राती ११ः४७ मा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पका कारण आठविसकोटमा १४ जनाको मृत्यु भएको नगरउपप्रमुख धनकुमारी शाहीले जानकारी दिईन् ।
उनका अनुसार वडा नम्बर ११ मा ७ जना, १२ मा ४ जना र १३ मा ३ जनाको मृत्यु भएको हो । मृतककाे व्यक्तिगत विवरण भने प्राप्त हुन बाँकी छ। अन्य विवरणहरु संकलनको क्रममा रहेको जानकारी दिईन् ।
आठविसकोटमा अधिकांश घरहरुमा क्षती पुगेको छ । मानिसहरु घाइते छन् ।