सुर्खेत । सुर्खेतस्थित जिल्ला खाद्य अधिकार सञ्जाल र नागरिक समाजले नियमित बजार अनुगमन तथा अखाद्य वस्तुकाे नियन्त्रण गर्न माग गरेका छ । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाललाई आज एक स्मरण पत्र थमाइएकाे हाे।
नागरिक समाजले नगरपालिकालाई नियमित र प्रभावकारी बजार अनुगमन सुनिस्थितताको निरन्तरता दिनुपर्ने, बजारमा उपलब्ध खाद्य बस्तुहरुको गुणस्तर परिक्षण नियन्त्रणका लागि गुणस्तर तथा नापतौल कार्यालयसँग आवश्यक समन्वय र सहजिकरण गर्नुपर्ने र जिल्ला प्रशासन र विषयगत नियामक निकायहरुसंगको समन्वय र सहयोगमा खाद्य अधिकार, खाद्य सुरक्षाका लागि विश्वसनिय कार्यको थालनी नगरपालिकाबाट गर्नु पर्ने माग समेत पत्रमा उल्लेख गरेकाे छ।