दुल्लू । २१ औं सहिद पूर्ण स्मृति दिवस मनाइएकाे छ । दैलेखकाे दुल्लू निवासी नेपाली काङ्ग्रेसका तत्कालिन क्षेत्रिय सभापति पूर्णबहादुर भण्डारीकाे स्मृति दिवस मनाइएकाे हाे।
सशस्त्र द्वन्दको क्रममा तत्कालिन बिद्रोही नेकपा माओवादीले भण्ठडारीकाे गला रेटेर हत्या गरेका थिए । सोही दिनको सम्झनामा नेपाली काङ्ग्रेस दुल्लुले स्मृति सभा आयोजना गर्ने गरेको हाे।
कार्यक्रममा भण्डारीका समकक्षी विष्णुप्रसाद उपाध्याय, आग्ने सार्की, कलम बहादुर नेपाली, प्रदेश सभा सदस्य एवम् सामाजिक विकास समिति सभापति घनश्याम भण्डारी, चामुण्डाबिन्द्रासैनी नगरपालिका उपप्रमुख मनसरा शर्मा, भैरवी गाउपालिका उपाध्यक्ष देवी भण्डारी लगायतका नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।
प्रदेश सभा सदस्य भण्डारीले स्वर्गाराेहण भण्डारीलाइ काङ्ग्रेसजनले सत्कर्मका माध्यमबाट सम्झनुपर्ने बताएका छन्। उनले केही उदाहरणिय काम गरी पार्टी बलियो भए पछिमात्र राष्ट्रियता बलियो बन्ने र यसका लागी सबै कार्यकर्ता उत्पादनमा जोडिन समेत आग्रह गरे । भण्डारीले दुल्लु क्षेत्रको विकासको लागि सधैं तल्लिन हुने प्रतिवद्धता व्यक्त गरे ।
साथै, प्रदेश सभा सदस्य घनश्याम सहिद पूर्णका छाेरा हुन्।