सुर्खेत । सुर्खेतको लियो क्लव अफ भैरवस्थानको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । शनिबार औपचारिक कार्यक्रम आयोजना गरी नवनिर्वाचित अध्यक्ष प्रमिला खनालको टिमलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो । लियो क्लव २०२२–०२३ को सुजिता रोकायको नेतृत्वमा रहेको कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
गत असार १६ लियोक्लव २०२३–२०२४ का लागि खनालको नेतृत्वमा सर्वसहमतिले कार्यसमिति चयन गरिएको थियो ।
साथै, उनिहरुले शनिबारै पदभार ग्रहणसहित प्रमाण पत्र ग्रहण समेत गरेका छन् । क्लवका संस्थापक अध्यक्ष एवंम् लियो अभिभावक किरण किशोर सापकोटा र पूर्व लियो
अध्यक्षहरुको सहभागितामा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा पूर्व अध्यक्ष लियो शंकर आचार्य, सुजिता रोकाय, वीरेन्द्रनगर जुनियर जेसिज बर्ष २०२३ का अध्यक्ष रुपबहादुर बुढा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
प्राप्त जिम्मेवारीलाई आत्मसाथ गर्दै लियो क्लबलाई अझै सशक्त र बलियो बनाउने अध्यक्ष खनालले संकल्प गरिन् । उनले रचनात्मक कार्यहरु गर्नका लागि आफु तत्पर रहने र त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताईन् ।