सुर्खेत । आर्थिक वर्ष २०८०/८१ का लागि कर्णाली प्रदेश सरकारको अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्न्तगत बजेट विनियोजन गरिएको छ । कूल ३३ अर्ब ३७ करोडको बजेट ल्याइएकोमा कर्णालीका ७९ स्थानीय तहका लागि चार अर्ब ८० करोड वित्तीय हस्तान्तरण गरिएको छ । त्यसमध्ये दुई अर्ब ६७ करोड ८४ लाख चालुतर्फ र दुई अर्ब १२ करोड २० लाख पुँजीगत तर्फ विनियोजन गरिएको हो ।
समानीकरण अनुदानतर्फ ८० करोड, सशर्त अनुदानतर्फ दुई अर्ब २७ करोड, विशेष अनुदानतर्फ २७ करोड, पूँजीगत समपूरक अनुदानतर्फ ८४ करोड २५ लाख विनियोजन गरिएको छ ।
विनियोजित बजेमध्ये नगरपालिकाहरुका लािग दुई अर्ब ११ करोड ५४ लाख र गाउँपालिकाहरुका लागि दुई अर्ब ६८ करोड ५० हजार विनियोजन गरिएको छ ।
सूची हेर्नुहाेस्ः