सुर्खेत। वीरेन्द्रनगर उपत्यकाको खानेपानी आयोजनाको लागि दुइ करोड रकम विनियोजन गएिको छ । आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ काे वार्षिक कार्यक्रममा खानेपानी सम्बन्धी याेजना समावेश गरेका हुन् ।
बजेटमा खानेपानीका लागि कर्णालीबासीको आधारभुत आवश्यकताको लागि स्वच्छ नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउन निर्माणाधीन क्रमागत आयोजनालाई उच्च प्राथमिकतामा राखिएको छ ।
वीरेनद्रनगरमा खानेपानी परिक्षण केन्द्र सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । बालबालीकाका लागि स्वच्छ गुणस्तरीय खानेपानी नभएका विद्यालय समुदाय पहिचान गरी विकास गरिने छ । खानेपानी मर्मत कोष, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।