सुर्खेत। कर्णाली प्रदेशमा सामाजिक रुपान्तरण कार्यक्रम अभियान सञ्चालन गरिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उक्त अभियान सञ्चालन गरिने योजना रहेको प्रदेश प्रमुख तिलक परियारले घोषणा गरेका हुन् ।
वालविवाह, बहुविवाह, बोक्सी प्रथा, मानव बेचविखन जस्ता साजिक विकृतिका विरुद्ध टोलस्तरीय सामाजिक रुपान्तरण समिति गठन गरि प्रदेश प्रमुख सामाजिक रुपान्तरण कार्यक्रम अभिष्यान सञ्चालन गरिने बताइएको छ ।
सामाजिक रुपान्तरणमा उल्लेखनीय काम गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने र वालविवाहमुक्त, लैंगिकमैत्री स्थानीय तह घोषणाका लागि वडातहमा समन्वय सहकार्य गरिने जनाइएको छ ।
युवालाई प्रोत्साहनका लागि आवश्यक तालिम दिई परिचालन गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रम ल्याइएको छ । वालविज्ञानमा संलग्न बालबालिकाको लागि बालसुधार गृह स्थापना गरिने घोषणा गरिएको छ ।
बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमलाई आवश्यक परिमार्जन सहित निरन्तरता दिईएको छ ।
राउटे समुदायको संरक्षण र सम्वद्र्धन गरिनेका लागि आवश्यक योजना लिईने बताइएको छ ।
हलियामुक्त र सुकुम्बासीको समस्या समाधानको लागि पहल गरिने । स्थानीय तहको सहकार्यमा वृद्धाश्रम सञ्चालनमा गरिने सहयोग र सहकार्य निरन्तरता दिनुका साथै ‘देश दर्शन’को कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
अपाङ्गता भएका नागरिकको सहज जीवनयापनका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा पँहुच वृद्धि गर्न प्राथमिकता दिईने बताइएको छ । कृतिम अंग तथा उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरिने घोषणा गरिएको छ ।
धार्मिक परम्परा अनुसार सुर्खेतमा विद्युतीय शवदाह गृह स्थापना गर्ने व्यवस्था मिलाईने बताइएको छ ।
युवाको नेतृत्व विकास, खेलकुद लगायतका क्रियाकलापका लागि प्रोत्साहन गर्ने। खेलकुद, योग ब्याध, ध्यान कार्यक्रमलाई विद्यालयमा सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै छात्रालाई आत्मरक्षा तालिम दिईने बताइएको छ ।
भिडियाे हेर्नुहाेसः