सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अपरान्ह ३ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले बताए ।
प्रवक्ता जिसीका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।