सुर्खेत । संघीय सरकारद्वारा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट विनियोजन भएको छ । त्यसमध्ये समपूरक र विशेष अनुदान तर्फबाट योजनागत बजेट विनियोजन पनि भैसकेको छ ।
कर्णाली प्रदेशमा समपूरक अनुदान अन्र्तगत प्रदेश सरकारबाट कार्यान्वयन हुने तीन वटा क्रमागत र छ वटा नयाँ गरी नौं वटा योजनाको लागि बजेट ७६ करोड १६ लाख रुपैँया विनियोजन गरिएको छ ।
यस्तै, समपूरक अनुदान अन्र्तगत नै स्थानीय तहबाट कार्यान्वयन हुने क्रमागत र नयाँ गरी ८७ वटा योजनामा रकम विनियोजन गरिएको छ ।
साथै, विशेष अनुदान अन्र्तगत प्रदेशबाट कार्यान्वयन हुने नौं वटा योजनाको लागि ५९ करोड ७९ लाख बजेट विनियोजन गरिएको छ । विशेष अनुदानमा रहेका सबै योजनाहरु नयाँ हुन् ।
विशेष अनुदान अन्र्तगत स्थानीय तहबाट कार्यान्वयन हुने ९९ वटा योजनाको लागि बजेट विनियोजन गरिएको छ ।
विशेष अनुदान तर्फः
समपूरक अनुदान तर्फः