सुर्खेत । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएकाहरूको उद्धार गरिएको छ । आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परी १० जना घाइते भएका थिए ।
तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनीहरूलाई हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ ।
उनका अनुसार घाइतेहरू सबै आठबिस नगरपालिका–६ का हुन् । भैरब बिक, नबिन बिक, नैना बि.क, प्रज (प्रकाश) बिकलाई सेनाको हेलिकप्टरमार्फत कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
यस्तै, घाइते छत्रा बि.क, बसुन्धारा बि.क, मिना बि.क, जौकला बि.क, मोते बि.क र जुना बि.कलाई राकममा उपचार भैरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रअन्तर्गत बनिरहेको सडकको काम गर्न गएका उनीहरू जंगलमा लागेको आगो निभाउन गएका थिए ।