सुर्खेत। कर्णाली प्रदेश सरकारका नयाँ मन्त्रीहरुको ११:३० बजे शपथ ग्रहण हुने भएको छ। कांग्रेसले मंगलबार सिफारिस गरेका तीन जना मन्त्रीको शपथका लागि तयारी भएको हो।
बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। आज बिहान काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको हो।
त्यसअनुसार मुख्यमन्त्री शर्माले मन्त्री नियुक्तिको तयारी गरिरहेका छन्। त्यस लगत्तै शपथ हुने बताइएको छ।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोख्रेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसिलाई सिफारिस गरेको छ।