काठमाण्डाै। सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरूवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ।
निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजदेखि कुनै पनि कर्मचारीको सरूवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
सोमबार आज अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे।