सुर्खेत। दैलेख जिल्लाभर रहेका केही मतदान स्थलहरुको संशोधन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ४ वटा मतदानस्थल साविकको स्थानबाट सारिएको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गत साउन १२ गते मतदानस्थल संशोधन गर्न सिफारिस गरेको थियो।
जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाका अनुसार नारायण नगरपालिका वडा नं. ९ को देउतीस्थाल साँडुलाई ९ नंं वडा कार्यालय भवन सारिएको छ। गुराँस गाउँपालिका वडा नं. १ मा रहेको महिला सामुदाियक भवनलाई १ नं. वडा कार्यालय भवनमा मतदान स्थल सारिएको छ।
यसैगरी, दुल्लू नगरपालिका वडा नं. ८ मो रहेको पौवालाई हनुमान आधारभुरत विद्यालय पौवा र भैरबी गाउँपालिका वडा नं. ४ मा रहेको वडा कार्यालय भवनलाई गौरी मावि बालेकाँडा मतदानस्थल सारिएको निर्वाचन अधिकृत काउचाले जानकारी दिईन्।
साथै, जिल्लामा ३ वटा नयाँ मतदान स्थल थप गरिएको छ। आठबीस नगरपालिका वडा नंं ३ मा नेरामावि कुमालखाडा जाक्सी, नारायण नगरपालिका वडा नं. ८ मा दिपशिशु आवि सिमडा र चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ मा पंचकोशी आवि पाल्त नयाँ मतदानस्थल थप गरिएको छ।
यसैगरी, ५८ वटा मतदानस्थलतको सामान्य त्रुटी सच्चाइएको छ। सामान्यतया मतदानस्थलको नाम फरक परेका स्थलहरुको त्रुटी सच्याइएको निर्वाचन अधिकृत काउँचाको भनाई छ।
दुई हजार ५८८ मतदाता थपिए
दैलेख जिल्लामा स्थानीय तहको निर्वाचनपश्चात दुई हजार ५८८ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाभर एक लाख ५८ हजार ४८९ मतदाता संख्या रहेको थियो ।
असार १ गतेदेखि साउन १९ गतेसम्म महिला एक हजार ११२ र पुरुष एक हजार ३७६ मतदाता संख्या थपिएका हुन्।