काठमाडौं। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनमा समझदारी बनेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनकाे बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरेकाे हाे।
सत्तारूढ गठबन्धनकाे समझदारिपछि अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी हुने बैठकमा सभागी नेताले बताए। निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ ।
सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ ।