सुर्खेत। एमालेले जनसंगठन संयन्त्रको अगुवाइमा वीरेन्द्रनगरमा महंगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ। आगामी साउन २८ गते विरोध प्रदर्शन गर्ने एमालेले जनाएको छ। जनसंगठन संयन्त्रको बुधबार बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले भदौ १२ गते कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको भेला बोलाउने निर्णय गरेको छ। सोही दिन एमालेको प्रदेशस्तरीय प्रशिक्षण पनि हुनेछ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक एवं पार्टीका प्रदेश कमिटी उपसचिव टेकराज पछाईको अध्यक्षतामा बैठक बसेकाे थियाे।