सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने भएको छ। गाउँपालिकाको असार २८ गतेको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो।
गाउँपालिकाकाे पूर्वाधार विकास शाखा बाहेक पालिकाको अनुदानबाट तलब खाने सबै करार कर्मचारी, वडा कार्यालयका करार कर्मचारी, कृषि तथा पशुपन्छि विकास शाखाका करार कर्मचारी, स्वास्थ्य शाखा र सो अन्तर्गतका इकाईका सबै करार कर्मचारी, शिक्षा युवा तथा खेलकुद विकास शाखाका अनुदान शिक्षक, बालविकास सहजकर्ता र हलुका सवारी चालकमा कार्यरत सबै कर्मचारीलाई साउन १ गतेदेखि कामकाज नगर्न पत्राचार गरेको छ।