सुर्खेत । सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।
पहिरोमा परि अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकै ७२ वर्षीय रती कामी घाइते भएकी छिन् । उनकाे उद्दार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेकाे प्रजिअ रिजालले बताए ।
जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका समयमा सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरी खोला नजिक सुख्खा पहिरोमा परेकी हुन् ।