सुदूरपश्चिम । अछामकाे सदरमुकाम मङ्गलसेनका विभिन्न ठाउँमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएकाे छ । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको ज्यान गएकाे घटनालाई लिएर दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेकाे हाे ।
विनोद शाहीको मृत्यु प्रकरणमा पक्राउ परेका व्यक्तिलाइ अदालतसम्म लैजाने अवस्था नरहेकाले अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएकाे छ ।
प्रशासनका अनुसार अछाम दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा, बस काउन्टर, मङ्गलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
वातावरण शान्त भए निषेधित क्षेत्र हटाइने छ ।
निषेधित क्षेत्र घोषण ठाउँमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन तथा भेल नहुन प्रशासनले आदेश दिएको छ । निषेधित क्षेत्र उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मृतक शाहीको न्याय मागका लागि सोमवार सदरमुकाम मङ्गलसेन पुगेका आफन्त, स्थानीयवासी तथा प्रहरीबीच झडप भएको थियो । झडपमा परि १२ जना नेपाल प्रहरी तथा दजर्नौँ स्थानीयवासी घाइते भएका प्रहरीले जनाएको छ । गएकाे वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा फेला परेका थिए।
उनकाे हत्या गरिएको भन्दै परिवारले अछाम पञ्चदेवलकी नगर प्रमुख अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको छ।
नगर प्रमुख चलाउनेसहित सा जना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् भने किटानी जाहेरी दर्ता गराइएकामध्ये ६ जना अझै फरार रहेका अछाम प्रहरीले जनाएको छ।