सुर्खेत । नेपाल स्वास्थ्यकर्मी संघको ३१ औं स्थापना दिवसको अवसरमा स्वास्थ्यकर्मी संघ सुर्खेत शाखाले मानव सेवा आश्रममा सेनिटरी प्याड र फलफूल वितरण गरेको छ ।
मंगलवार आश्रममै पुगेर संघको सुर्खेत शाखाको टोलीले प्याड र फलफूल वितरण गरेको थियाे ।
स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदय थापाले स्वास्थ्यकर्मी संघको ३१ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा पुगी सानो भएपनि सहयोग गरिएको बताए ।
उनले चार सय थान प्याड दिइएको जनाए । सो अवसरमा संघका पूर्व अध्यक्ष एवं नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय सदस्य राजेश बुढालगायतको उपस्थिति थियो ।