सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रममा मुख्यमन्त्रीसँग जोडिएका यसअघिका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
प्रदेश प्रमुख तिलक परियारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम, मुख्यमन्त्री दलित आय आर्जन प्रवद्र्धन कार्यक्रम, बैंक खाता छोरीको जीवनभरीको लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको हो ।