सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम भोलि (मंगलबार) ल्याउने भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० का लागि मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको हो ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा सरकारकाे नीति तथा कार्यक्रम आउने बताए ।