दैलेख (चामुण्डा) । मजुवा खानेपानी याेजना निर्माणका लागि आज शिलान्यास गरिएकाे छ । चामुण्डा विन्द्रासैनी नगरपालिकामा सञ्चालन हुने बृहत मजुवा खानेपानी याेजनाका लागि नगरप्रमुख गणेश कुमार शाहीले शनिबार शिलान्यास गरेका हुन् ।
याे याेजनाबाट नगरपालिकाका सबै नागरिक लाभान्वित हुने लक्ष्य राखिएकाे छ ।
चामुण्डा विन्द्रासैनी नगरपालिका-५ काे कार्की डाँडामा १५ लाख लागतमा ५० हजार लिटर क्षमताकाे ट्याङ्की निर्माण गर्न लागिएकाे छ । अहिले असार मसान्तभित्रमा ट्यांकी निर्माण सम्पन्न हुनेगरि काम सुचारू गरिएकाे छ।
भैरवी गाउँपालिका-७ काे मजुवादेखी चामुण्डा विन्द्रासैनी नगरपालिका-९ काे डंम्सुरसम्म करिव ३६ किलोमिटर दुरी रहेकाे मजुवा खानेपानी याेजना सञ्चालन भएकाे हाे ।
कामकाे शिलान्यास गर्दै नगरप्रमुख शाहीले निर्धारित समयमै काम सम्पन्न गरि स्वच्छ पानी खुवाउन उपभोक्ता समितिलाई निर्देशन दिए ।
उनले आफ्नो कार्यकालमा खानेपानी, स्वास्थ्य, शिक्षा र सडकलाई प्राथमिकतामा राखेर कामलाई अगाडि बढाइने जानकारी दिए ।
यसैगरी, सिलान्यास कार्यक्रममा मजुवा खानेपानी निर्माण उपभोक्ता समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।