काठमाडाै । ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्।
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन्। तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराई म्यदी हुन्।
भट्टराई नभएको बेलामा ती किशोरले पोशाक लगाएर दुरूपयोग गरेको प्रहरी नायब उपरीक्षक शाहले बताए।
उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। बुधबार उनीहरूमाथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लगेको छ।
केही दिन अघि उनले पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए।
उनले भनेका छन्,‘सागर बसन्ते किस्नेहरू अब नडरा! किन डराछस्। अब तेरो दाई मिदी भइसक्या छ नी त।’