सुर्खेत । नेकपा एमालेले दैलेखमा उम्मेदवार टुंगो लगाएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुख, उपप्रमुखको लागि उम्मेदवार टुंगाएको हो ।
एमालेले नारायण नगरपालिकाको मेयरमा लोमन शर्मा, उपमेयरमा तप्ताकुमारी थापा, दुल्लू नगरपालिका मेयरमा रुद्रबहादुर शाही, उपमेयरमा रेणुका भट्टराई, चामुण्डा विन्द्रासैनी नगरपालिका मेयरमा सूर्यबहादुर शाही, उपमेयरमा नन्दा विष्टलाई उम्मेदवार बनाएको एमाले स्रोतले जनाएको छ ।
यस्तै, जिल्लाको ठाटिकाँध गाउँपालिका अध्यक्षमा लक्ष्मीदेवी शाह, उपाध्यक्षमा देवीराम बडुवाल, महाबु गाउँपालिकामा अध्यक्षमा हरिप्रसाद उपाध्याय, उपाध्यक्षमा दूर्गाकुमारी सिंह, नौमुले गाउँपालिका अध्यक्षमा शशिराम वि.क., उपाध्यक्षमा गिता चन्द, डुंगेश्वर गाउँपालिका अध्यक्षमा सुन्दर केसी, उपाध्यक्षमा कलावती न्यौपाने, गुराँस गाउँपालिका अध्यक्षमा टोप बहादुर बिसी, उपाध्यक्षमा शिवाकुमारी खड्का र भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा, उपाध्यक्षमा बशन्ता शाहीलाई उम्मेदवार टिकट दिएको हो ।
साथै, जिल्लाका ११ स्थानीय तहमध्ये आठबीस नगरपालिका र भैरबी गाउँपालिकामा भने उम्मेदवार टुंगो लाग्न सकेको छैन । यी दुईवटै पालिकाका आकांक्षीलाई टिकटका लागि पार्टी केन्द्रीय कार्यालयमा निणयार्थ पठाएको एमाले स्रोतले जानकारी दियो ।