सुदुरपश्चिम । स्थानीय तहकाे निर्वाचनमा कैलालीमा तीन दल तालमेल गर्ने सहमति भएको छ। शनिबार भएको छलफलबाट तालमेलकाे सहमति भएकाे हाे ।
सहमति अनुसार जिल्लाका १३ स्थानीय तहमध्ये ७ मा कांग्रेसले प्रमुखकाे भाग पाउने छ भने नेकपा माओेवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादी पार्टीले २ स्थानीय तहमा प्रमुख पाउने स्रोतले जनाएको छ।
कांग्रेसले प्रमुख पाउनेमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका छन्।
यस्तै, जोशीपुर र जानकी गाउँपालिका प्रमुख पनि नेपाली कांग्रेसले पाउने भएको छ।
माओेवादी केन्द्रले जिल्लामा गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिकामा प्रमुख पाउने भएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा प्रमुख पाउने सहमति भएको स्राेतले जनाएको छ।
यद्यपि एकीकृत समाजवादीले उम्मेदवारी भागबन्डा नमिलेको भन्दै असन्तुष्टि जनाएको छ।