सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको सुदुरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका हुन् ।
बस बस ब्रेक फेल भएर सडकबाट अन्दाजी १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसले बाजुराको भानुदय माध्यामिक विद्यालयका विद्यार्थीलाई भ्रमणका लागि पोखरा लिन लागेको बताइएको छ ।