सुर्खेत । आइतबार दिउँसो सुर्खेतमा भएको बस दुर्घटनामा ३९ जना घाइतेको कोहलपुरमा उपचार भइरहेको छ । भेरीगंगा नगरपालिका–५ सोनु खोलामा बस दुर्घटना घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको र उनीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको हो ।
गम्भीर घाइते हुनेमा बस चालक गुँरास गाउँपालिका–१, का ३४ वर्षीय गोविन्द खड्का, अर्का चालक ठेगाना नखुलेका दिपक तामाङ, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका ५४ वर्षीय ऋषिराम अधिकारी र ५९ वर्षीय भक्तिराम अधिकारीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
अन्य घाइते हुनेमा अधिकाँश पञ्चपुरी नगरपालिका–२ सुर्खेतका छन् भने बाँकी वीरेन्द्रनगरका छन् । मध्यमदेखि समान्य घाइते हुनेमा पञ्चपुरी नगरपालिका २ बस्ने ३१ वर्षीय अमृता वली वयक, सोही ठाउँका ३८ नगेन्द्र रावल, उनकी श्रीमती ३७ वर्षीय भविसरा रावल, छोरी २ वर्षीय बोनिसा रावल, ३१ वषीय हेममाया विसी र ५१ वर्षीय नामसरा विसी छन् ।
यस्तै, पञ्चपुरी नगरपालिका–२ कै ३४ वर्षीय रचना अधिकारी, ६५ वर्षीय विउमाया दर्लामी, ५४ वर्षीय तिलकराम अधिकारी, ३७ वर्षीय मेघराज खरेल, ६१ वर्षीय जयन्ती बुढा, ४३ वर्षीय बन्दना बुढा, ४१ वर्षीय तुलाराम बुढा र उनकी श्रीमती ३८ वर्षीय सीतादेवि बुढा छन् ।
पञ्चपुरीकै ५६ वर्षीय भागीरती अधिकारी, ३३ वर्षीय कल्पना पुन मगर, ४४ वर्षीय शिवराज खनाल, ५७ वर्षीय रमा अधिकारी, ६८ वर्षीय टिकाराम रेग्मी, ६१ वर्षीय कली बयक, ४३ वर्षीय प्रेमबहादुर विसी, ५४ वर्षीय हरिमाया ढकाल, ५० वर्षीय नरबहादुर बुढा, ४४ वर्षीय सीता विसी छन् ।
दुर्घटनामा घाइते हुनेमा वीरेन्द्रनगर–१२ का ४३ वर्षीय देविका पौडेल, ४८ वर्षीय चेतनप्रकाश आचार्य, ४३ वर्षीय बबिता पौडेल रहेको प्रहरीले जनाएको छ ।
यस्तै, वीरेन्द्रनगर–५ का ५१ वर्षीय लक्ष्मीप्रसाद सापकोटा, ५४ वर्षीय ससिपूर्णा देवकोटा, ७० वर्षीय भगवती चालिसे उपाध्याय, ७१ वर्षीय मनिराम शर्मा, र ४२ वर्षीय ललित भट्टराई घाइते छन् । अधिकाँश घाइतेहरुको हात, खुट्टा र टाउकोमा चोट रहेको छ ।