काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।
संसद्को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे । उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’
उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने ।