कर्णाली । जुम्लामा वनमा लागेको डढेलो निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । सिंजा गाउँपालिका-१ जाँचको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो ।
आइतबार दिउँसो दुई बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए । स्याउ बगैंचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो । आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो ।
आगो अझैपनि नियन्त्रणमा आइसकेको छैन । गाउँपालिका अध्यक्ष धितालले आगो नियन्त्रणको लागि सुरक्षा निकायसंग समन्वय भइरहेको बताए ।