सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश संसदीय समितिले शुक्रबार बैठक आह्वान गरेको छ । मंगलबार स्थगित भएको बैठक शुक्रबार विहान ११ बजे बस्ने गरि बैठक बोलाइएको हो ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका विषयमा निर्णय लिन बैठक आह्वान गरिएको कांग्रेसले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य र १० वटै जिल्लाका सभापतिहरुलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।