सुर्खेत । कर्णालीमा प्रदेशमा नेकपा एमालेले मेरिट लिस्टका आधारमा टिकट बाड्ने भएकाे छ । स्थानीय तहबाट उम्मेद्वार सिफारिस हुँदा मतदानबाट मेरिट लिस्टकाे आधारमा पहिलाे हुनेलाइ टिकट दिने भएकाे हाे ।
‘मतदानमा जो पहिलो भएको हो, त्यसैले टिकट पाउँछ । अर्थात् मेरिट लिस्टकै आधारमा टिकट वितरण गरिने छ’, एमाले स्राेतले भन्याे, ‘त्यसरी आएका उम्मेदवारहरुमा पनि कुनै मुद्दा नभएको हुनुपर्छ ।’
एमालेकाे कर्णाली प्रदेश कमिटीको टिकटका लागि निर्णय समितिको बैठक बिहीबार बस्दैछ ।
बिहीबार बस्ने बैठकले जिल्लाबाट पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरणको निर्णय गर्ने छ ।
कर्णालीका करिब ७९ पालिकामध्ये ८० प्रतिशत पालिकाबाट उम्मेदवारहरुको नामावली प्रदेश कमिटिलाइ प्राप्त भैसकेकाे छ भने त्यसमध्ये २५ प्रतिशत सर्वसम्मत उम्मेदवार छनाेट भइसकेकाे एमालेले जनाएकाे छ ।