कर्णाली । कर्णाली प्रदेश अस्पताल परिसरमा तनावपूर्ण स्थिति उत्पन्न भएको छ। १९ वर्षीय शर्मिला कुमालको मृत्युको कारण डाक्टरहरूको लापरबाहीलाई लिएर उनका आफन्तहरूले प्रदर्शन सुरु गरेका छन्।
गए राति शर्मिलालाई सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा रक्तस्राव भएपछि उनलाई आइसियुमा राखिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । परिवारका सदस्यहरूले यस घटनामा डाक्टरहरूको गल्ती भएको दाबी गर्दै प्रदर्शन गरिरहेका छन्।
अस्पतालले भने उपचार प्रक्रिया र घटनाबारे आवश्यक जानकारी दिने आश्वासन दिएको छ। प्रदर्शनको कारण अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ, र प्रहरीले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ।