सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेका तर्फबाट सूर्यबहादुर शाही मेयर पदका उम्मेदवार बन्ने भएका छन् । पार्टीकाे आज बसेकाे नगरकमिटि बैठकले शाहीलाइ उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।
शाही जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति हुन् भने उनी पूर्व भूमी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष समेत हुन् ।
उनी हाल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।
यस्तै नगरकाे उपप्रमुख र वडा अध्यक्षको टुंगो भने ३० गते लाग्ने एमालेले जनाएको छ ।