काठमाडौँ । पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’बाट सम्मान गरिएको छ । अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान स्वरुप विश्वकर्माको परिवारलाई ५१ हजार रुपैयाँ प्रदान गरिएको छ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले एलबीका भाइ गौतम टमाटालाई चेक हस्तान्तरण तथा सम्मान गरेका हुन् ।