काठमाडाैं । सरकारले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेजाब आक्रमणविरुद्ध र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गर्नेछिन् ।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो ।
तर सरकारले बेलैमा प्रतिस्थापन विधेयक नल्याएका कारण ती अध्यादेश निष्क्रिय भएका थिए । अघिल्लो सरकारले ल्याएका १५ वटा अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएका कारण निष्क्रिय भएका थिए ।