सुर्खेत। वीरेन्द्रनगर – १३ करेखोलामा घर भत्किएर एकजना घाइते भएका छन्।
अविरल वर्षात्का कारण शुक्रबार साँझ स्थानीय खम्म बुढाको घर भत्किएको हो।
बुढाको १५ वर्षीय छोरी सुशीला बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए।
उनका अनुसार ढुङगा माटोले बनेको चारकोठे दुई तले कच्ची घर भत्किएको हो।
प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटेको टोलीले भत्किएको घरमा च्यापिएका बुढाको उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ।