काठमाडौँ । शौर्य एयरलाइसको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ ।
मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागी आर्टीफीकेशन र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । सो प्रविधिबाट सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण गरिने चिकित्सकहरूले बताएका छन् ।
दुर्घटनामा १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । करिब १० वर्षीय बालकको पनि मृत्यु भएको छ ।